logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द

    937Shares
    नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द भएको छ । यसदिन १५.८३ अंकले बढेर शेयर बजार दुई हजार ६८३.२४ बिन्दुमा बन्द भएको  (नेप्से)ले जनाएको छ ।

    यस दिन ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा सेयर खरिद–बिक्री रकम घटेको छ । आइतबार सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

    नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर खरिदबिक्री भएकोमा आज  ६ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।


    प्रतिक्रिया



    फास्ट न्युज    
  • २०८१ मंसिर १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार