logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • अमेरिकाले केही भारतीयलाई उनीहरूकै देशमा पुर्‍याइदियो

    943Shares
    अमेरिकाले केही भारतीयलाई उनीहरूकै देशमा पुर्‍याइदियो

    वासिङटन डीसी। अमेरिकाले आफ्नो देशमा अवैध रूपमा रहेका केही भारतीय आप्रवासीलाई उनीहरूकै देशमा पुर्‍याइदिएको छ । भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज आज दिउँसो पञ्जाब प्रान्तको अमृतसरमा रहेको श्री गुरू रामदास जी अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ । विमानमा ७९ पुरुष, २५ महिला र १३ बालबालिका गरी १ सय १७ जना आएका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ११ जना चालक दलका सदस्य रहेको विमानमा ४५ जना अमेरिकी अधिकारी पनि आएका थिए ।

    भारत ल्याइएका आप्रवासीहरू पञ्जाब, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेसँगै अमेरिकाले गैरकानूनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरूलाई ुडिपोर्टु गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा रहेका भारतीय नागरिकको न्यायसङ्गत फिर्तीका लागि तयार रहेको बताउनुभएको थियो ।

    अमेरिकाले यसअघि आफ्दो देशमा रहेका अवैध आप्रवासीमध्ये १७ हजार ९ सय ४० जना भारतीयलाई फर्काउने भन्दै सूची सार्वजनिक गरेको थियो । पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा झन्डै ७ लाख २५ हजार कागजविहीन भारतीय आप्रवासी छन् ।



    फास्ट न्युज    
  • २०८१ माघ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट