logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह

    892Shares
    आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह

    काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम बिद्यार्थी मोर्चाका नवनिर्वाचित अध्यक्ष विवेक साहले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको व्यवस्था सरकारले नगरेकाले आफूहरु बाध्यभएर आम शैक्षिक हडतालमा उत्रिनु परेको बताएका छन् ।

    आम विद्यार्थी मोर्चाको भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले बिद्यार्थीको अनुपातमा सरकारले बिषयगत र तहगत शिक्षकको व्यवस्था नगरेसम्म कडा संघर्षका कार्यक्रम जारी राख्ने बताए ।

    आजपा मधेस प्रदेश कमिटीले हालै मधेसमा बिद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै शैक्षिक आम हडतालका साथै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो आन्दोलनलाई प्रभावकारी बनाउँ आम बिद्यार्थी मोर्चा योजनाबद्ध तरिकाले लागिसकेको उनले जनाएका छन् ।

    शिक्षा क्षेत्रमा देखिएको सेण्डिकेट, विभेद एवं लुट रोक्न आम बिधार्थी मोर्चाले आन्दोलनमा जानुको बिकल्प नभएको जनाउँदै अध्यक्ष साहले बिद्यार्थीको हकहित एवं पढन पाउँने अधिकारका लागि जस्तोसुकै कदम चाल्न सक्ने बताए ।

    आम बिद्यार्थी मोर्चाको भेलाले अध्यक्षमा विवेक साह, उपाध्यक्षमा शोभा पाण्डे, राकेश बैठा, समिरा नसरिन, राजु महतो, महासचिवमा प्रदिप साह, सचिवमा उपेन्द्र जयसवाल, आलोक साह (प्रिन्स), रितेश साह, रमेश यादव, बिकास झा, विकेश यादव, कोषाध्यक्षमा नबिन कुमार साह चयन भएका छन् । मोर्चाको इन्चार्जमा उमेश कुशवाहा र सहइन्चार्जमा सरोज बच्छार रहेका छन् ।

    मोर्चाको सदस्यहरुमा रुपेश कनुजिया, अरुण तामाङ, संजयकुमार चौरसिया, दिलिपकुमार साह, श्यामनन्दन साह, हिमांशु साह, समिर रौनियार, विकास कुशवाहा, मनिष यादव, विशेष गुप्ता, मनोज साह, संजिव साह, सन्दिप साह, सरोज पटेल, अनिल महतो, राहुल पंडित, बिकास साह, विगत साह, दिपेन्द्र साह, छोटेलाल कुशवाहा, सन्दिप साह, रजनिश महतो, मंजु कुशवाहा, गोपी यादव, बिक्की यादव, अभिशेक चौधरी, रामसुन्दर साह, सुधिर साह, संजिप साह, अशोक साह, चन्द्रप्रकाश साह, अमित साह, अनिकेत महतो, योगेश साह, नितेश कुमार मण्डल, सुनिल सहनी रहेका छन् ।

    यसैगरी सदस्यहरुमा सोनु गुप्ता, अमित साह, बिशाल साह, जितेन्द्र साह, सुरेश राउत, खुश्बु झा, प्रिती यादव, दिलिप सहनी, सिद्धार्थ सिंह, राजकिशोर साह, विकेश साह, धिरेन्द्र साह, साहिल साह, अभिनित ठाकुर, सुरज साह, संजय साह, बचेलाल साह, रौशन साह, रित्नेश्वर साह, गौरव प्रसाद साह, उमेश पाण्डे, दिलिप पाण्डे, रेखा शर्मा, निशु दनाल, सरिता विश्वकर्मा (आईसा), रौशन सहनी लगायतका रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट