logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • ताप्लेजुङ पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

    910Shares
    ताप्लेजुङ पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

    काठमाडौं ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत एक महिनायता सो क्षेत्र तनावग्रस्त बन्दै आइरहेको छ ।    ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार राती आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

    झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

    नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्‍याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।

    केबलकार निमार्ण गर्नुपर्ने र निर्माण गर्न नहुने पक्षबीच झडपको स्थिति बन्न थालेपछि ताप्लेजुङ प्रशासनले निषेधाज्ञा जारी गरेको हो । ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

    निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । आदेशको उल्लंघन गर्ने वा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूहउपर प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट