काठमाडौ । लेखक तथा अनुवादक बौद्ध विदुषी सुमति बज्राचार्यको पुस्तक विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध पुस्तकको लोकार्पण भएको छ ।
उक्त कृतिलाई एक समारोह विच धर्मधर लामा वाँगचुक तपदेन,लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. ह्रदयरत्न बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर,बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ,रोदन,त्रिविवि बौद्ध विभाग प्रमुख डा.चन्द्रकला घिमिरे,भोट भाषाविद(लोचवा) पुण्यप्रसाद पराजुली,कृतिकार सुमति बज्राचार्य,साहित्यकार छविरमण सिलवाल लगायतले लोकार्पण गरे ।
कार्यक्रमकमा प्रमुख अतिथि नमोबुद्धका प्रमुख गुरु धर्मधर लामा वाँगचुक तपदेनले बौद्ध धर्मदर्शनमा गुरुआमाहरु कम लाग्नु भएको भन्दै लेखिका सुमति बज्राचार्यले सृजना गरेको कृति लोकार्पण गर्न पाउँदा आफु कृतज्ञ भएको बताउँदै पञ्चबुद्ध हर बौद्धमार्गीको घरको ढोकामा टासिएको देखिएपनि त्यसको महत्व र महिमाको सबैलाई यथार्थ ज्ञान नभएको सन्दर्भमा कृति प्रकाशित हुनु असाध्यै खुशीको कुरा भएको बताए ।
बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बुद्धत्व ज्ञान सम्बन्धि कृति प्रकाशन हुनु आफैंमा महत्वपूर्ण भएको बताउँदै पढाउने बातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले अहिले मुलुकमा बढ्दै गएको बेथितिपूर्ण अबस्थामा पनि बुद्धको शान्ति,सहकार्य उत्तिक्कै सान्दर्भिक रहेको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. ह्रदयरत्न बज्राचार्यले पञ्चबुद्धको महत्व बुझ्न स्रुतमय,चिन्तनमय,भावनामय र अनुभूतमय जस्ता चार पक्षको ज्ञान लिएर मात्र सकिने बताउँदै बज्रयानको संक्षिप्त जानकारी समेत दिए । उनले बुद्धत्व प्राप्त गर्ने कार्य कठीन भएको समेत बताए । अध्ययन,अभ्यास र ज्ञान विना वुद्धत्व प्राप्त हुँदैन् । उनले जोड दिए ।
अर्का बक्ता त्रिविवि बौद्ध विभाग प्रमुख डा.चन्द्रकला घिमिरेले २०५६ सालदेखि त्रिविविमा बौद्ध अध्ययनको थालनी गरिएको,झण्डै ५ सय जति दिक्षित भएको अस्थामा बौद्ध जस्तो बृहत विषयमा विभिन्न भाषाबाट नेपाली भाषामा पुस्तक अनुवाद गर्नेहरुको संख्या विरलै भएको सन्दर्भमा यो महत्वपूर्ण कृति आएको बताइन् । उनले बुद्धको भूमिमा नागरिकले बुद्धको दर्शन बारे जान्न पाउनु अधिकार हो भन्दै बुद्धधर्मको मेरुदण्डको रुपमा रहेको पञ्चबुद्धको बारेमा पुस्तक आउनु सानो कुरा नभएको बताइन । उनको जोड थियो हामीले आफ्नो शरीरलाई पञ्चबुद्धसँग जोडेर हेर्नुपर्दछ ।
पुस्तक रचना गर्भ र नेपालीमा अनुवाद बारे कृतिकार सुमति वज्राचार्यले आफ्ना कुराहरु राखेको उक्त कार्यक्रममा लोचवा पुण्यप्रसाद पराजुलीले पुस्तक सम्पादनका सन्दर्भमा आफ्ना अनुभवहरु बताएका थिए ।
कार्यक्रममा बोल्ने अन्य बत्ताहरुले कृति सफलताको शुभकामना र्दिदै नेपाली विश्वविद्यालयहरुमा बौद्ध दर्शनको पढाई भैरहँदा पनि पञ्चबुद्ध दर्शन र त्यससँग गाँसिएका चैत्य,मूर्ति,मुद्रा र ध्यान सम्बन्धी विविध पक्षहरुको वारेमा नेपाली भाषामा पर्याप्त पुस्तकहरु नभएको सन्दर्भमा यो पुस्तकको महत्व रहेको वत्ताहरुले बताए । उनीहरुले कृतिले बौद्ध दर्शनको सन्दर्भमा जानकारी राख्ने विद्यार्थी,बुद्धका अनुयायी, पर्यटन लगायत सबैको निम्ति महत्वपूर्ण सघाउ पुर्याउने बताए ।
कार्यक्रममा बौद्ध गुरुहरु,बौद्ध धर्मका अध्येताहरु,प्राध्यापक,कवि,साहित्यकार,बौद्ध दर्शनका विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।
बसन्तराम नकर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रदीप सापकोटाले गरेका थिए ।
कृति इखवर नेटले प्रकाशनमा ल्याएको हो ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd