logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • रसुवाका बाढीपीडितका लागि राप्रपा खोटाङद्वारा २८ हजार १ सय रुपैयाँ सहयोग

    838Shares
    रसुवाका बाढीपीडितका लागि राप्रपा खोटाङद्वारा २८ हजार १ सय रुपैयाँ सहयोग

    खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले रसुवामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी प्रभावितका लागि राहत रकम हस्तान्तरण गरेको छ ।

    राप्रपा खोटाङका जिल्ला अध्यक्ष ललित कुमार राई लगायत पार्टीका नेता तथा कार्यकर्ताले संकलन गरेको रु. २८ हजार १ सय जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् ।

    रकम प्रमुख जिल्ला अधिकारी (सीडीओ) रेखा कँडेललाई हस्तान्तरण गर्दै अध्यक्ष राईले सहयोग रकम सानो भए पनि विपत्तिको समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

    उनले भने, “यो सानो रकम हो, तर यतिबेला सबैले थोपा–थोपा गरेर समुद्र बनाउनुपर्छ भन्ने मान्यताले हामीले यो सहयोग हस्तान्तरण गरेका हौँ।”

    अध्यक्ष राईले सहयोगको मूल्य रकमको परिमाणमा भन्दा त्यसमा जोडिएको मानवीय भावनामा रहेको बताए । खोटाङ जिल्लाका नागरिक तथा राप्रपाका नेता–कार्यकर्ताको मानवीय भावना र विपत्तिमा साथ दिने प्रतिबद्धताको प्रतिबिम्बका रूपमा सहयोगलाई बुझ्नुपर्ने उनको भनाइ थियो ।

    रसुवालगायत बाढी प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको राईले बताए।



    फास्ट न्युज    
  • २०८३ भाद्र १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट