logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    865Shares
    कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेशसभामा भएको मत विभाजनमा कार्कीको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत परेको छ । ४ सांसद तटस्थ बसेका छन् ।

    ९२ सदस्यीय कोशी प्रदेशसभाको बैठकमा ८३ सांसद उपस्थित थिए । सरकारलाई निरन्तरता दिन ४७ सांसदको समर्थन आवश्यक पर्नेमा कार्कीले आवश्यकभन्दा १० मत बढी प्राप्त गरेका हुन् ।

    कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, कांग्रेसका २९, राप्रपाका ५ र जसपाका १ सांसद छन् ।

    कांग्रेसले भदौ ३ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराउँदै नयाँ सत्ता समीकरण बनाएको छ ।

    कार्कीले यसअघि पनि दुई पटक विश्वासको मत लिइसकेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका उनले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने ५ जना तटस्थ बसेका थिए ।

    त्यसपछि एमाले र कांग्रेसबीच सत्ता सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । दोस्रो पटकको मतदानमा ८३ सांसद सहभागी हुँदा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट