logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि

    1.1KShares
    रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।नख्खु कारागारमा रहेका लामिछानेलाई प्रहरीले शुक्रबार बिहान विमानस्थल पुर्‍याएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार लामिछाने रुपन्देही पुगेपछि त्यहाँको कानूनी प्रक्रिया पूरा गरेर आजै रिहा हुनेछन्।

    विहिबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपनि आज लामिछानेलाई भैरहवा पुर्याएपछि जिल्ला अदालत रुपन्देहीमा पेश गरिदैछ । अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

    रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट