logo

२०८३ श्रावण २१ बिहीबार

logo
  • २०८३ श्रावण २१ बिहीबार
  • महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा

    988Shares
    महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् ।विधान बमोजिम कुनै काम नभएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।

    उनीहरूले बैठक बसेर संगठनका क्रियाकलापहरू अघि बढाउन अध्यक्षलाई भनेपनि सुनवाई र पहल नगरेका कारण आफूहरूले सामूहिक राजीनामा दिएको सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

    राजीनामा पत्रमा उनीहरूले अध्यक्षले पहल नगरेका कारण महिला संघले गति लिन नसकेको बताएका छन् । संगठनमा मनोमानी भएको, अध्यक्षले विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको उनीहरूले बताएका छन् ।

    राजीनामा दिनेहरूमा

    चन्द्रादेवी जोशी

    रिता शाही

    छायाँ सुनार

    डा.अमिता प्रधान शाक्य

    उमा शिवाकोटी/रञ्जिता गिरी

    डा.सिता घिमिरे

    तारा थपलिया

    यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् । राजीनामा दिनेहरू शेखर–गगन पक्षका हुन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर सामूहिक राजीनामा बुझाएका हुन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट