logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्यो : प्रचण्ड

    889Shares
    स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्यो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद भएको बताएका छन् । प्रचण्डले बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका हुन्।

    “गत उपनिर्वाचनमा कांग्रेस–एमाले मिलेर मात्र होइन, उनीहरूले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ” उनले भने, “अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरू मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौँ ठूला क्याम्पसमा ३०औँ वर्षदेखिका रेकर्ड तोडिएका छन् ।” गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भएको बताए ।

    उनले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। उनले विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिएका छन्।



    फास्ट न्युज    
  • २०८१ चैत्र ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार