logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक साँझ ५ बजे बस्ने

    880Shares
    आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक साँझ ५ बजे बस्ने

    काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन। काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ।

    उक्त संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन्। काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा उपस्थित हुनेछन्।सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन। आजको बैठकमा उक्त अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट