काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरू हँदैछ।
वर्षे अधिवेशन सकिएको साढे ४ महिनपछि हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू हुन लागेको हो।यसअघि संसदको वर्षे अधिवेशन गत भदौ अन्तिममा अन्त्य भएको थियो।
साढे चार महिनापछि सुरू हुन लागेको संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ।
यसबीचमा भएका विभिन्न राजनीतिक घटनाक्रमहरूका कारण आजबाट सुरू हुने बैठकलाई विशेष चासोका साथ हेरिएको छ।
यसबीचमा सरकारले विभिन्न कानुनहरूलाई संशोधन गर्नका लागि अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू प्रतिनिधि सभाको पहिलो बैठकमा पेस गर्नुपर्नेछ।
सत्तापक्ष दलहरूले अध्यादेशको पक्षमा एकढिक्का हुन सांसदहरूलाई निर्देशन दिएको छ भने विपक्षी दलहरूले यसको विरोध जनाउने निर्णय गरेको छ।
प्रतिनिधि सभा बैठकका लागि ९ वटा कार्यसूची छन् भने राष्ट्रिय सभा बैठकका लागि ७ कार्यसूची छन्।
प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सुरूमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोर पढेर सुनाउनेछन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया