logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • माओवादी केन्द्रले तय गर्‍यो केन्द्रीय कमिटी बैठकको एजेण्डा

    952Shares
    माओवादी केन्द्रले तय गर्‍यो केन्द्रीय कमिटी बैठकको एजेण्डा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले एजेण्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षले रिपोर्टिङ गर् र केन्द्रीयले राजनीतिक प्रतिवेदन पेस गर्ने एजेण्डा तय भएको उनले बताए।

    त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सम्बन्धित प्राज्ञिक स्थानमै गएर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सिनेट बैठक सिंहदरबारमा गरेर मेरिटोक्रेसी र पारदर्शिताको विपरीत भएको बताए ।

    संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको उनको भनाइ छ । यद्यपि, संविधान संशोधनभन्दा पनि संविधानको वास्तविक मर्म र भावनाअनुसार यसको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिएको उल्लेख गर्दै सापकोटाले भने, ‘हाम्रो पार्टीलाई के लागेको छ भने, संविधान जसरी इमानदारीपूर्वक कार्यान्वयन गरिनुपथ्र्यो, त्योअनुसार अभ्यास भएको छैन ।’



    फास्ट न्युज    
  • २०८१ पुष १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट