काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित ९ जनालाई पक्राउ गर्न प्रहरीमा जाहेरी परेको छ ।
सिन्धुली घर भइ हाल काठमाडौंको आलोकनगर बस्ने युवराज सफलले रास्वपाका उपसभापति अर्याल र अर्का उपसभापति वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
सहकारी ठगीसम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको, सरकारले गरिरहेको अनुसन्धानमा भाँजो हालेर प्रभावित पार्न खोजेको, लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेको, अनुसन्धानलाई निष्प्रभावी बनाउन खोजेको जाहेरवालाको दाबी छ ।
उनका अनुसार उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् ।उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरुलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।



© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया