logo

२०८३ आश्विन १ बिहीबार

logo
  • २०८३ आश्विन १ बिहीबार
  • सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई माधव नेपालको आग्रह

    1.1KShares
    सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई माधव नेपालको आग्रह

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन्।

    गाईखुरा युवा क्लबले शुक्रबार काठमाडौंमा आयोजना गरेको लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले नकारात्मक सोचले मानिसमा बिभिन्न समस्या देखिने र दुर्व्यसनको समेत खतरा हुने भएकाले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई आग्रह गरेका हुन्।

    उनले नेपालमा समेत दुर्व्यसनी र दुर्व्यसनमा लाग्ने सञ्जाल देखिएको भन्दै सवैमिलेर त्यसलाई तोड्नुपर्नेमा जोड दिए। पैसाको लोभमा युवाहरुलाई परिचालन गरेर अपराधिक क्रियाकलापमा संलग्न गराउने अपराधिहरुलाई छुट र सहानुभूति दिने काम गर्न नहुने उनको भनाइ छ ।

    उनले मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्ने र त्यसले नै सवैलाई सफल बनाउने धारणा राखे। दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने अवस्था देखिइएको उनको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट