काठमाडौं- संघ, प्रदेश र स्थानीय गरी तिन वटै तहका सरकारले स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
विहीबार मन्त्रालयमा भएको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) मा व्यवस्था भए बमोजिम विषयगत समितिको पहिलो बैठकमा उनले सिमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा ठोस निर्णय गर्न आवश्यक रहेको बताए ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ल्याएको स्वास्थ्य सुधारका कार्यक्रममा आफूहरूको समेत सहकार्य रहने प्रतिबद्धता प्रदेश र स्थानीय तहका प्रतिनिधिहरूले जनाएका छन् ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीन तहका सरकारले गर्ने सेवाका बिषयमा सहकार्य गर्दै जनतालाई स्वास्थ्य सेवा दिने कुरामा एकरुपता कायम गर्न बिषयगत समिति गठन भएको बताउनुभयो । उहाले समितिले पूर्णता नपाउदा यसअघि समन्वयनको समस्या देखिएकाले अहिले पूर्णता पाएसंगै बिभिन्न समस्या समाधान हुने जिकिर गर्नुभयो ।
उनले भने, ‘देशको तीन तहको सरकार हो । तीन वटा देशको होइन्, सेवा गर्न खोजेको एउटै नागरिकलाई हो । त्यसैले सेवा उपलब्ध गराउन खोजेका नागरिकहरुलाई मिलेर सहकार्य गरेर सेवा दिन सक्नुपर्छ । उपलब्ध साधन स्रोतलाई धेरैभन्दा धेरै लाभ लिने गरि छलफल गरेर निष्कर्ष निकाल्न जरुरी छ ।’
यसका साथै उनले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई सुनिश्चित गरेको अवस्था भएपनि जनताले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी तरिकाले उपलब्ध गर्न पाएको छ कि छैन् भन्ने कुरामा समीक्षा गर्न जरुरी भएको पनि बताए ।
यसैगरी स्थानीय तहका आधारभूत स्वास्थ्य सेवा केन्द्र र ५, १० तथा १५ शैय्याका अस्पतालको व्यवस्थापन सर्वेक्षण गर्नेसमेत बैठकले निर्णय गरेको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd