logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

    712Shares
    परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

    काठमाडौं ।भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन्। भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

    परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्।

    भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टिभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ६, बिहीबार ०७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार