काठमाडौं । नवनियुक्त तथा विवादास्पद महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा निवेदनको विपक्षबाट बहस सुरु गर्ने भएका छन् ।
आइतबारदेखि जारी सुनुवाईमा पूर्वप्रधानमन्त्री ओली र पूर्वर्गहमन्त्री लेखकको पक्राउ विरुद्धको रिटमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईलगायत दुईदर्जन वकिलले बहस सुरु गरेका थिए। आज भने सरकारी वकिलको तर्फबाट बहस सुरु हुनेछ । रिट न्यायाधीशहरु विनोेद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हेर्दाहेर्दैमा.राखेर सुनुवाई गरिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया