logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो

    754Shares
    आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो

    काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५ रनले हराएको हो ।

    हैदरावादले दिएको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १६१ रनमा अलआउट भयो । कोलकाताका अंगकृष रघुवंशीले ५२ रन बनाए । हैदरावादका जयदेव उनाडकटले ३ विकेट लिए ।

    त्यसअघि कोलकातामा टस हारेर ब्याटिङ गरेको हैदरावादले ८ विकेट गुमाएर २२६ रन बनायो । हैदरावादका हेनरिक क्लासेनले ५२, अभिषेक शर्माले ४८ र ट्राभिस हेडले ४६ रन बनाए ।

    कोलकाताका ब्लेसिङ मुजाराबानीले ४ विकेट लिए । हैदरावादको यो पहिलो जीत हो भने कोलकाता लगातार दोश्रो खेलमा पराजित भएको छ । आईपीएलमा आज चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट