logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

    808Shares
    संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

    काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलहरूको बैठक बोलाइएको हो ।

    फागुन २१ को निर्वाचनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‍मा प्रतिनिधित्व गर्दैछन् ।

    बिहीबारको संयुक्त बैठक सिंहदरबारस्थित संसद् सचिवालयस्थित महासचिवको कार्यकक्षमा बस्ने भएको छ । कुन दलबाट को-को नेता सहभागी हुने भन्ने चाहिँ खुलाइएको छैन । अहिले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई निर्वाचन आयोगले प्रमाणपत्र दिइरहेको छ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट