logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

    1KShares
    ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

    काठमाडौं । यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो ।

    वरिष्ठ नेपाली कलाकार विधाता केसीका सिर्जनाहरुको उक्त प्रदर्शनीमा पाकिस्तान भ्रमणका उहाँका अनुभव तथा सांस्कृतिक, सामाजिक र प्राकृतिक विविधताबाट प्रेरित चित्र समावेश गरिएको थियो ।

    चित्रका माध्यमबाट पाकिस्तानका रङ्गीन परिदृश्य, सांस्कृतिक धरोहर तथा स्थानीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

    त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले सांस्कृतिक कूटनीति दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने महत्वपूर्ण माध्यम भएको बताउँदै यसबाट आपसी सांस्कृतिक आदानप्रदान र समझदारी वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए ।



    फास्ट न्युज    
  • २०८२ माघ १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट