logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • आत्मसमीक्षा गर्दै मधेशका मुद्दालाई सम्बोधन गरेर कांग्रेस अघि बढ्दैछ: सभापति गगन

    1KShares
    आत्मसमीक्षा गर्दै मधेशका मुद्दालाई सम्बोधन गरेर कांग्रेस अघि बढ्दैछ: सभापति गगन

    सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली कांग्रेसप्रतिको असन्तुष्टि भएको बताएका छन्।

    सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका उनले तराई मधेशकाका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्नेमा त्यसो गर्न नसक्दा नयाँ-नयाँ पार्टी र आन्दोलन पटक पटक जन्मिएको पनि उनले बताएका छन् ।

    थापाले कांग्रेसले आत्मसमीक्षा गर्दै मधेशका मुद्दालाई सम्बोधन गरेर अघि बढिरहेको बताए । पछिल्लो समय पार्टीलाई नै कमजोर ठान्ने प्रवृत्ति बढ्दै जाँदा समस्या भएको उनले बताए । अन्य दलहरूसँग अनावश्यक गठबन्धन गर्ने अभ्यासले पार्टीलाई कमजोर बनाउँदै लगेको पनि उनले स्वीकारेका छन् ।

    थापाले विभिन्न समयमा दलहरूसँग गठबन्धन गरे पनि मधेशकेन्द्रित मुद्दा मधेशका दललाई नै छाड्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको बताए । अब कांग्रेस सुध्रिएर मधेशका मुद्दामा केन्द्रित हुनुपर्ने पनि थापाले बताएका छन्।



    फास्ट न्युज    
  • २०८२ माघ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट