logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • गगन-विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा देउवाविरुद्ध नाराबाजी

    1.1KShares
    गगन-विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा देउवाविरुद्ध नाराबाजी

    काठमाडौं : विशेष महाधिवेशनपक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि पार्टीले कारबाही गरेपछि भृकुटीमण्डपमा नाराबाजी सुरु भएको छ । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा सभापति शेरबहादुर देउवाविरुद्ध चर्को रूपमा नाराबाजी गर्दै उनीहरूले सभापतिमा गगन थापालाई निर्वाचित गरेर अगाडि बढ्न माग गरेका छन् ।

    पार्टी कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपास्थित कांग्रेस कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गरेको हो ।

    सभापति शेरबहादुर देउवाविरुद्ध चर्को रूपमा नाराबाजी गर्दै उनीहरूले सभापतिमा गगन थापालाई निर्वाचित गरेर अगाडि बढ्न माग गरेका छन् ।

    विशेष महाधिवेशनबाट आजै राति ८ बजेदेखि नेतृत्व चयनको लागि निर्वाचन हुँदै छ ।



    फास्ट न्युज    
  • २०८२ पुष ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट