काठमाडौं । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।बीबीसीका स्रोत र अधिकारकर्मीहरूका अनुसार स्थिति निकै भयावह बन्दै गएको छ । तेहरानका एक स्रोतले आइतबार भने, “यहाँको अवस्था धेरै खराब छ । हाम्रा धेरै साथीहरू मारिएका छन् । सुरक्षाकर्मीहरूले सिधै गोली चलाइरहेका छन् । सडकहरू युद्ध मैदानजस्तै देखिएका छन् र जताततै रगत छ । उनीहरूले ट्रकमा राखेर शवहरू लगिरहेका छन् ।”
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ले देशव्यापी रूपमा ४९५ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५४३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एजेन्सीका अनुसार दुई हप्ताको अशान्तिमा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परेका छन् । प्रदर्शनकारीको हत्यालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने धम्की दिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया