काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचन लड्न आफू रुकुम पूर्वमा आउने निश्चित भएको बताएका छन्।
रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन्।
‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुम चुनाव लड्ने निश्चित भएका छ। पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला,’ उनले भने।
उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुःख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया