logo

२०८२ माघ १ बिहीबार

logo
  • २०८२ माघ १ बिहीबार
  • एनभीए भलिबल च्याम्पियनशिप : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

    787Shares
    एनभीए भलिबल च्याम्पियनशिप : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

    काठमाण्डौ – नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेकाे हाे । हेल्प नेपालले लगातार तेश्राे पटक उपाधि जितेकाे छ ।

    हेल्प नेपालले पहिलो सेट २५–२१ तथा दोश्रो र तेश्रो सेट पनि २५–२१ ले जित्यो । उपाधि जितेको हेल्प नेपालले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँ पायो ।

    आजै भएको महिलातर्फको फाइनल खेलमा न्यु डायमन्ड भलिबल क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ एपीएफ तेश्रो भएका छन् । गएको पुस ११ गतेदेखि सञ्चालनमा रहेको नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता थियो ।



    फास्ट न्युज    
  • २०८२ पुष १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट