logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत

    991Shares
    हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत

    विराटनगर– विराटनगर विमानस्थलमा रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको घटनापछि नेकपा एमालेका नेता महेश बस्नेतले कडा प्रतिक्रिया दिएका छन् ।

    आइतबार विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा जम्मा भएका प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा रातो रङ हानेका थिए।

    त्यस क्रममा नाराबाजीसमेत भएको थियो । घटनापछि सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत इटहरीमा आयोजना भएको एमाले कार्यक्रमका लागि कोशी आएका थिए ।

    घटनापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आक्रमण प्रयासलाई गम्भीर र निन्दनीय भनेका छन्। उनले लोकतन्त्रमा विरोधको सिमाना हुने बताउँदै शान्तिपूर्ण अभिव्यक्ति वैध भए पनि हिंसात्मक हर्कत स्वीकार्य नहुने बताएका छन् । उनले आफूमाथि आक्रमण हुँदा तत्कालै प्रहरीले देखाएको तत्परताप्रति धन्यवाद दिएका छन्।

    बस्नेतले बाधा र अवरोधबीच पनि युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा विराटनगरमा सुरु भएको बताएका छन् । उनले सकारात्मक ऊर्जा र उच्च सहभागितासहितको यो अभियानले देशभर नयाँ सन्देश प्रवाह गर्ने बताएका छन् ।

    एमालेका नेतामाथि पछिल्ला दिनमा विभिन्न स्थानमा जेन–जी समूहको नाममा आक्रमण प्रयास भइरहेको छ । इटहरी, सिमरा र मधेसका विभिन्न ठाउँमा उनीविरुद्ध उग्र विरोध देखिएको छ। सिमरामै तीन दिनसम्म तनाव चर्किएको थियो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट