logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

    994Shares
    गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

    काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका सचिव माहादेव पन्थले दल दर्ताको प्रमाण पत्र अध्यक्ष डा। दिनेश प्रसार्ईंलाई प्रदान गर्नुभएको हो ।

    पार्टीमा बुद्ध एयरका मालिकसमेत रहनुभएका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहनुभएको छ । नागरिकहरु मिलेर देश बनाउने उद्देश्यका साथ दल दर्ता गरिएको पार्टीका अध्यक्ष प्रसार्ईंले बताउनुभयो । उहाँले आफ्नो पार्टीले देशमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट