logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • एशिया कप टी–२० क्रिकेट: ओमान भारतसँग २१ रनले पराजित

    1KShares
    एशिया कप टी–२० क्रिकेट: ओमान भारतसँग २१ रनले पराजित

    काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा ओमान भारतसँग २१ रनले पराजित भएको छ । समूह ‘ए’ को गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ ।

    जितका लागि एक सय ८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६७ रन बनायो । ओमानका आमिर कलिमले सर्वाधिक ६४ रन बनाए । हमाद मिर्जाले ५३ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । भारतका सन्जु स्यामसनले सर्वाधिक ५६ रन बनाए ।

    खेलपछि भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले ओमानले अविश्वसनीय क्रिकेट खेलेको प्रतिक्रिया दिएका छन् । समूह ‘ए’ मा भारत तीन खेलमा अपराजित रहदै सुपर–४ मा पुगेको छ । यो समूहबाट पाकिस्तानले पनि सुपर–४ मा स्थान बनाएको छ ।

    त्यस्तै समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सुपर–४ मा पुगेका छन् । सुपर–४ का खेल आजदेखि शुरू हुँदैछन् । आज श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । भारत र पाकिस्तानबीचको खेल भोलि हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट