काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । नेपालले एनटी स्ट्राइकसँग खेल्ने तालिका रहेको छ । यो खेल नेपाली समय अनुसार दिउसो २: १५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।
नेपाली टोलीको कप्तानी रोहित पौडेलले नै गर्नेछन्। सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्। सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।
अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन् । यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।
यी खेलपछि शिर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने आयोजकले जानकारी दिएको छ ।
२०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया