logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दाबी पेश

    1.3KShares
    बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दाबी पेश

    हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

    सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

    प्रदेश प्रमुख समक्ष पेश गरिएको दाबीमा ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया पनि सँगै पुगेका थिए ।

    यसअघि प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

    मुख्यमन्त्री पदमा दाबी पेश भएसँगै मंगलबार मुख्यमन्त्री नियुक्त गरेर मंगलबार नै अपरान्ह ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट