logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन

    1KShares
    सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन

    काठमाडौं। सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले तीन न्यायाधीशसहित एक न्यायपरिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।

    सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताउनुभयो । न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको उहाँले बतउनुभयो ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै बैठक बहिष्कार गर्‍यो । माओवादीको बहिष्कारका बाबजुद पनि संसदीय समितिले तीन न्यायाधीशहरु र एक न्यायपरिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ असार २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट