logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

    1KShares
    ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

    ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।

    घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । -रासस



    फास्ट न्युज    
  • २०८२ असार १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट