logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

    1.1KShares
    शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

    काठमाण्डौ। शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार ४ दशमलव ४५ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव ७४ विन्दुमा झरेको छ ।

    आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर १ दशमलव ८७ प्रतिशतले ओरालो लागेको छ ।

    आज रिलायबल समृद्धि योजनाको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर ९ प्रतिशतले बढेको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ सय ६ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ७ अर्ब ७८ करोड रुपैयाँमा किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट