logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • इजरायलबाट फर्कन ८ सय ८५ नेपालीले नाम टिपाए : परराष्ट्रमन्त्री राणा

    1.1KShares
    इजरायलबाट फर्कन ८ सय ८५ नेपालीले नाम टिपाए : परराष्ट्रमन्त्री राणा

    काठमाण्डौ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएका जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो ।

    सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण सङ्कलन गरिरहेको छ । इजरायल–इरान युद्धका कारण इजरायल र इरानसहित अन्य प्रभावित देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको मन्त्री राणाको दाबी छ । उहाँले सम्बन्धित देशहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि उल्लेख गर्नुभयो ।

    यस्तै मन्त्री राणाले भारतमा बन्दी बनाइएका ५७ जना नेपालीको उद्धार गरिएको जानकारी गराउनुभयो । इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी वीपिन जोशीको रिहाइको लागि समेत सरकार प्रयासरत रहेको उहाँको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८२ असार ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार