logo

२०८३ भाद्र ३ बुधबार

logo
  • २०८३ भाद्र ३ बुधबार
  • रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न अदालतको आदेश

    1.4KShares
    रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न अदालतको आदेश


    काठमाडौँ।
    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो। मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो ।

    गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

    सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट