logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा छानबिन समितिद्वारा अनुसन्धान शुरू

    931Shares
    आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा छानबिन समितिद्वारा अनुसन्धान शुरू

    सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान शुरू गरेको छ । गएको पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुव्र्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिनुभएको थियो ।

    यस घटनाको सुक्ष्म अनुसन्धानको लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम गएको बिहीवार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।

    समितिले हिजो पीडितको घरमा पुगी परिवारसँग सोधपुछ गरेको छ । घटनामा प्रहरीले कमजोरी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारीका प्रहरी कर्मचारीसँग आवश्यक जवाफ लिने काम भएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

    माइतीघरमा बस्दै आएकी २४ वर्षीया सदायलाई स्थानीय २२ वर्षीय सञ्जिव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । त्यही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको पीडित पक्षको आरोप छ । पछि जिल्लाका मानव अधिकारकर्मीसहितको दबाबमा गएको फागुन २५ गते जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको थियो । आरोपितहरू अझै फरार रहेका छन् ।

     



    फास्ट न्युज    
  • २०८२ बैशाख ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट