logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • धवलशमशेर हाजिर जमानीमा रिहा

    892Shares
    धवलशमशेर हाजिर जमानीमा रिहा

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा हुनुभएको छ । उहाँलाई हिजो बेलुकी रिहा गरिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पनि आफ्नो सामाजिक सन्जालमार्फत् राणा रिहा भएको जानकारी दिनुभएको छ ।

    चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट