काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया