काठमाडौं । देशको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु भएको छ । वीरमा कुनै अप्रेसन गर्नुपर्यो भने दुई–तीन महिनासम्म पालो आउँदैन भन्ने गुनासो सेवाग्राहीको रहने गरेको छ।
बिरामीको बढ्दो चाप र गुनासोलाई ध्यानमा राखेर अस्पतालले दुई सिफ्टमा अप्रेसेन सेवा दिन सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिए। उनका अनुसार अहिले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन दुई सिफ्टमा गर्न थालिएको छ।
अन्य अप्रेसन पनि दुई सिफ्टमा गर्ने गरी तयारी भइरहेको गौतमले बताए। ‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्’ गौतमले भने, ‘बिस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’
आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले जानकारी दिए। डा. गौतमले निमित्त निर्देशक भएलगत्तै यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए। सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अप्रेसन बल्ल सुरु भएको हो।
‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्’ गौतमले भने, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ । आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया