logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • विप्लव नेतृत्वको नेकपाले जुम्लामा दोस्रो पटक स्याउ रोप्याे

    913Shares
    विप्लव नेतृत्वको नेकपाले जुम्लामा दोस्रो पटक स्याउ रोप्याे

    जुम्ला – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जुम्लामा दोस्रो पटक स्याउ रोपेको छ । महासचिव विप्लवसहितका नेता कार्यकर्ताहरूले हिमा गाउँपालिका–७ धौलापानीमा स्याउका बिरुवा रोपेका हुन् ।

    धौलापानीमा १४ हजार स्याउका बिरुवा रोप्ने कार्यक्रम रहेको महासचिव चन्दले बताउनुयो । गएको वर्ष पनि चन्द आफैँ उपस्थित भएर धौलापानीको हाडुल्यमा स्याउका बिरुवा रोप्नुभएको थियो ।

    कार्यक्रममा महासचिव विप्लवले राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने पार्टीले निष्कर्ष निकालेको बताउनुभयो । उहाँका अनुसार पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका नागरिकलाई कृषि क्रन्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको छ ।

    धौलापानीमा एक हजार वटाभन्दा धेरै बिरुवा रोपेर भोलि स्याउका बिरुवा रोप्न कालीकोटको तिलागुफा नगरपालिका फोहीमहादेवमा जाने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट