logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या

    1KShares
    सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या

    सुर्खेत– दैलेखमा चोरीको सुन बिक्री गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न दुल्लु नगरपालिकाका १४ वर्षीय र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिएको छ । गत माघ २५ गते उनीहरूले बालकको हत्या गरी उनकै घरको बाँसघारी छेउमा रहेको खोला किनारमा खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।बालक सम्पर्क विहीन भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । सुरुमा बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे प्रहरीले अनुसन्धान गरेको थियो ।

    शनिबार नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा ‘आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनेर गाडेको प्रहरीलाई बयान दिएका थिए ।सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी प्रमुख दाहालले बताए ।पक्राउ परेका दुवै किशोरलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट