वासिङ्टन डीसी । अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिए लगत्तै कर्मचारीलाई जागिर छाड्न दबाब आएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले कार्यालयमा फर्किन नचाहने सबै कर्मचारीलाई बिदाइ प्योकज दिने भन्दै आउँदो सेप्टेम्बरसम्मको तलब दिने घोषणा गर्नुभएको थियो । यो योजनामा अहिलेसम्म २० हजार सङ्घीय कर्मचारीले सहमति जनाएका खबरमा उल्लेख छ ।
अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो कदम चालिएको ट्रम्प प्रशासनले बताएको छ । यो कार्यक्रममा सहभागी हुने वा नहुने निर्णय गर्न आजसम्मको समय दिइएको थियो ।हालै सरकारी नियुक्ति पाएका उद्योगपति एलन मस्कले पछिल्लो दिनमा सरकारी कर्मचारीलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन तीव्र दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।मस्कले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाइरहनुभएको छ । अमेरिकी सरकारी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले भने सामूहिक राजीनामाको योजनालाई रोक्न मुद्दा दायर गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया