logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • यौन प्रस्ताव अस्वीकार गर्दा अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि

    943Shares
    यौन प्रस्ताव अस्वीकार गर्दा अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि

    काठमाण्डौ । अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीको अनुसन्धानपछि पुष्टि भएको छ । घटना यौन प्रस्ताव अस्वीकार गर्दा घटेको प्रहरीको निष्कर्ष छ ।

    गएको शुक्रवार गोठालो गएका इशरा र सरस्वतीको हत्यामा अनुसन्धानका लागि पक्राउ परेकामध्ये दुई किशोरले घटनाको स्वीकार गरेको आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो । उनीहरू १५ र १७ वर्षका रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई) बी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशाेरीकाे हत्या भएको खुलेको हो ।अघिल्लो शुक्रवार बाख्रा चराउनका गएका दुई जना किशोरी अर्को दिन शनिवार शरीरमा ढुङ्गाले थिचेको अवस्थामा मृत फेला परेका थिए ।



    फास्ट न्युज    
  • २०८१ माघ १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट