logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’

    874Shares
    नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’

    काठमाडौं ।  काग तिहारको अवसरमा बुधबार ‘२१औँ काग सम्मेलन’ गरिएको छ ।

    एक सय भन्दाबढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औँ काग सम्मेलन गरेका हुन् ।

    राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए ।

    उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । विगतका वर्षहरुमा रत्नपार्कस्थित शान्तीबाटिका गरिँदै आएको काग सम्मेलन यस वर्ष भने नारायणहिटी गेट अगाडि गरिएको हो ।

    उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए ।

    दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए ।  ुलालले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।

    उनले भने, ‘ काग तिहारको दिन मैले काग सम्मेलन गरेको अहिले २१ वर्ष भयो । यमलोकको खबर यमराजलाई पठाउने दुतका रुपमा कागको पूजा गरिँदै आएको छ । पहिले मैले कार्यक्रम गरेर पत्रकार सम्मेलन गर्ने गर्दथे । कहिले भारतले नाकाबन्दस् गर्दा सम्मेलन गरे । कहिले संविधान नबनेको भन्दै काग सम्मेलन गरे । कहिले एयरपोर्टमा काग गरेर जाम गराइदिए । तर अहिले तिहारको समयमा काग तिहारका उपलक्ष्यमा काग सम्मेलन गरेको हो ।’



    फास्ट न्युज    
  • २०८१ कार्तिक १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट