logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • पर्यटनमा लगानीको वातावरण बनाउँछौ, सहयोग गर्नुहोस्: मन्त्री पाण्डे 

    850Shares
    पर्यटनमा लगानीको वातावरण बनाउँछौ, सहयोग गर्नुहोस्:  मन्त्री पाण्डे 

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।

    गैर आवासीय नेपाली संघको आइतबारबाट शुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा उहाँले  उक्त कुरा बताएका हुन् ।

    मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।

    उनले भने, ‘पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौं । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं । तपाईहरुले सहयोग गर्नुहोस् । लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ । देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ ।’

    नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति सम्पदाले भरिपूर्ण रहेको र नागरिक उड्डययनका क्षेत्रमा समेत अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए ।

    उनले भने, ‘आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउनुछ । इयुले असुरक्षित भनेको छ । सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौं भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन् । विश्वका विभिन्न कुनमा रहेको नेपालीहरुको पछिल्लो पुस्तालाई जोड्ने भाषा र संस्कृतिले नै हो । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई अधिकतम उपयोग गर्न सकियो भने नेपालसँग जोडिनुहुन्छ ।’

    पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको पनि उनको भनाई छ ।

    उनले भने, ‘संस्कृति र प्रकृतिको प्रवद्र्धन र आकाश सूचारु गर्ने सम्बन्धमा पनि काम गरिरहेका छौं । सातवटा प्रदेशमा सातवटा ट्वीनेटर विमान सञ्चालन गर्ने भनेर सोचिरहेका छौं ।’

    सो अवसरमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्दै आएकी म्यानमार निवासी ८१ वर्षकी भारती लिम्बुनीलाई मन्त्री पाण्डेले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट