logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

    898Shares
    धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

    काठमाडौँ- जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन्। जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतबाट सोमबार बिहान उनीहरू फरार भएका हुन्।

    फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा  सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

    त्यस्तै, धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

    फरार भएका अन्य आठ जना थुनुवाहरूको खोजी भइरहेको डिएसपी अवाले बताएका छन्। फरार भएका थुनुवाहरू लागूऔषध, चोरी, अभद्र व्यवहारलगायतका घटनामा पक्राउ परेको उनले जानकारी दिए।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट