logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

    868Shares
    कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

    तौलिहवा (कपिलवस्तु), भदौ १० गते । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।

    बसमा सवार २६ जना घाइते भएको उहाँको भनाइ छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले बताउनुभयो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट