logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दैछन् :प्रहरी महानिरीक्षक कुँवर

    प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दैछन् :प्रहरी महानिरीक्षक कुँवर

    403
    SHARES
    प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दैछन् :प्रहरी महानिरीक्षक कुँवर

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका छन् ।



    मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताए ।

    उनले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताए । उनले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताए ।

    उनले प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रहेको पनि बताए । यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको उनको भनाइ छ ।


    फास्ट न्युज
  • मंगलबार, ४ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट