logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • सिरोहियालाई अस्पतालबाट एम्बुलेन्समा अदालत पुर्‍याइयो

    874Shares
    सिरोहियालाई अस्पतालबाट एम्बुलेन्समा अदालत पुर्‍याइयो

    जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अAध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले अस्पतालबाट एम्बुलेन्समा अदालत पुर्‍याइएको छ । सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा ल्याइएको छ ।

    अदालतले पहिलो पटक र दोस्रो पटक ३र३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।

    उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि प्रहरीले सिरोहियालाई प्रादेशिक अस्पताल लगिएको थियो । तर त्यहाँबाट रेफर गराएर उनी काव्या अस्पतालमा उपचाररत छन् ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार